Information is intelligence
HomePoliticsमाधवको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पुगे: शंकर पोखरेल

माधवको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पुगे: शंकर पोखरेल

- Advertisement -spot_img

चितवन | चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको टिप्पणी गरेका छन्।

‘ढाडमा टेकेर टाउकोमा हान्ने नीति सधैं सफल हुँदैन,’ उनले भने, ‘यसपटक कमरेड प्रचण्ड फस्नुभयो।’ सडकमा निस्कँदा जनताले साथ देलान् भन्ने सोचेका प्रचण्डलाई आफ्नै कार्यकर्ताले साथ नदिएको दाबी गरे।

उनले जनताले साथ नदिएपछि विदेशीसँग हारगुहार गर्न थालेको बताए। ‘उहाँ विदेशीको सहयोग चाहियो भन्न थाल्नुभएको छ,’ पोखरेलले भने, ‘प्रधानमन्त्रीलाई नक्कली राष्ट्रवादी भनेर आरोपपत्र पेश गर्ने व्यक्तिको राष्ट्रवाद सबैले देखिरहेका छन्।’

उनले प्रधानमन्त्रीले कानुनलाई टेकेरै संसद विघटन गरेको दाबी गरे। जनतामा जान नचाहनेहरूले विघटनको विरोध गरेको भन्दै उनले चुनावमा जितेर प्रधानमन्त्री बन्न प्रचण्डलाई चुनौती दिए।

प्रचण्ड चुनावसँग डराएर हरेकचोटि निर्वाचन क्षेत्र परिवर्तन गर्ने गरेको आरोप लगाउँदै उनले अबको निर्वाचनमा चितवन पनि छाड्ने दाबी गरे।

उनले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्ने दाबी गरे। ‘यद्यपि हामी अदालतको निर्णयको सम्मान गर्छौं,’ उनले भने।उनले निर्वाचन आयोगमा केपी ओली नेतृत्वको पार्टी नै आधिकारिक रहेको बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु