Information is intelligence
HomeSportsकाेरोना संक्रमित पाइएपछि बार्सिलोनाको प्रशिक्षण स्थगित

काेरोना संक्रमित पाइएपछि बार्सिलोनाको प्रशिक्षण स्थगित

- Advertisement -spot_img

क्लबमा काेरोना संक्रमित पाइएपछि बार्सिलोनाले मंगलबारको प्रशिक्षण सत्र स्थगित गरेको छ । बार्साले ला लिगामा बुधबार एथ्लेटिको बिल्बाओको सामना गर्दैछ तर सबै खेलाडी र स्टाफको कोरोना परीक्षण गर्नका लागि मंगलबार बिहानको प्रशिक्षण सत्र स्थगित गरिएको हो ।

क्लबका दुई स्टाफका सदस्य संक्रमित भएको पाइएपछि अन्यको पनि परीक्षण गर्न लागिएको छ । ‘सोमबार गरिएको पीसीआर परीक्षणमा सिनियर टोलीको स्टाफका दुई सदस्यको नतिजा पोजेटिभ आएको छ,’ बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्थानीय समयअनुसार मंगलबार बिहान सबै टोलीको कोरोना परीक्षण गरिने छ ।’

यसको कारण बिहान १० बजे हुने प्रशिक्षण स्थगित गरिएको क्लबले जानकारी दिएको छ । प्रशिक्षण र पत्रकार सम्मेलनको नयाँ समय आज तोकिने बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु