Information is intelligence
HomeNewsकाठमाडौंमा अत्याधिक वायु प्रदूषण, घरबाहिर ननिस्कन विज्ञहरुको आग्रह

काठमाडौंमा अत्याधिक वायु प्रदूषण, घरबाहिर ननिस्कन विज्ञहरुको आग्रह

- Advertisement -spot_img

काठमाडौं | काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च देखिएको छ। वायु प्रदूषण अत्याधिक बढेको भन्दै जनस्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

प्रदूषणको कारण काठमाडौंमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका अल्पकालीन लक्षणहरू देखिएको र दीर्घकालमा मुटु, फोक्सो तथा मस्तिष्कमा समेत खराब असर पर्न सक्ने छ।

पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको मौसमविद्ले बताएका छन।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको आँकडाले पनि उपत्यकाको वायु अत्याधिक प्रदुषित भएकाे जनाएको छ।

२४ घण्टामै वायुको गुणस्तरमा दुई सय प्रतिशतभन्दा बढीले खराब भएसँगै सोमबार दिनभर काठमाडौं उपत्यकामा घाम लागेन। सडकमा हिँड्दा आँखा पिरो–पिरो भएको पैदल यात्रुले अनुभव गरेका छन्।

अत्याधिक वायु प्रदूषणका कारण समस्या भएकोले घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले आग्रह गरेका छन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु