Information is intelligence
HomeCulture & Religionकोरोनाको कारणबन्द रहेको मुक्तिनाथ मन्दिर १० महिनापछि खुला

कोरोनाको कारणबन्द रहेको मुक्तिनाथ मन्दिर १० महिनापछि खुला

- Advertisement -spot_img

जोमसोम | कोरोना भाइरसको महामारीसँगै झण्डै १० महिनायता बन्द रहेको मुस्ताङस्थित मुक्तिनाथ मन्दिर मंगलबारबाट औपचारिक रुपमा खुलेको छ । मुक्तिनाथ मन्दिर गत चैत्र ११ गते देखि बन्द रहँदै आएको थियो । मन्दिर खुलेसंगै यहाँका स्थानीयवासी एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

मुक्तिनाथ समुन्द्री सतहदेखि ३८ सय मिटर अग्लो उचाइमा रेहको छ । मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्रको पहलमा कोरोना कहरले बन्द मुक्तिनाथ मन्दिर आजैबाट सर्वसाधारण भक्तजनका लागि खुल्ला गरिएको हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सु-प्रसिद्ध मानिएको हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ खुल्ला गर्ने संम्वन्धमा भएको विभिन्न सरोकारवाला निकायको समन्वय र बृहत छलफलपछि अंग्रजी नयाँ वर्षको दिन मुक्तिनाथ खुल्ला गर्ने घोषणा गरिएको थियो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले संम्पूर्ण जिल्लाबासीको साथ र सहयोगले १० महिना अघिबाट कोरोना कहरले बन्द मुक्तिनाथधाम दर्शनका लागि खुल्ला भएको जानकारी दिए ।

अध्यक्ष गुरुङले लामो समय मन्दिर बन्द हुँदा संम्पूर्ण भक्तजन ,पर्यटनकर्मीले र व्यवसायी लगायतले दुःख र सास्ती व्यवहोर्नु परेको र त्यस अवस्थाको अन्त्य गर्दे कोरोनाप्रति सचेत रहेर धार्मिक स्थल साविकको गतिबिधिलाई निरन्तरता दिने प्रयत्न भएको बताए ।उनले हिमालपारिको जिल्ला मुस्ताङ र मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने योजनामा रहेका भक्तजन र पर्यटकलाई अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी आउन समेत अनुरोध गरे ।

भक्तजनलाई मन्दिर परिसर बाहिरको गेटमा स्वास्थ्य सुरक्षा चेकजाँच गर्ने र मन्दिर परिसरभित्र लगाएको गोलाकार चिन्हमा टेकेर भौतिक दुरी कायम गरी १-१ जनालाई मन्दिर प्रवेश गराउने व्यवस्था गरिएको छ । मन्दिर दर्शन गरिसकेका भक्तजनले दक्षिणतर्फ अवस्थित ज्वालामाई क्षेत्र हुँदै बाहिरिनु पर्ने र मन्दिरमा १ घण्टा बढी समय लिन नपाईने नियम लागु गरिएको छ ।

मुक्तिनाथ विकास समितिले विदेशी पर्यटकलाई ७२ घण्टे पिसिआर रिपोर्ट अनिवार्य तोकेको छ । समितिले कोभिड-१९ को जोखिम हुँनसक्ने भन्दै मुक्तिनाथ दर्शनका लागि पुग्ने भक्तजनलाई १०८ धारामा नुहाउन र कुण्डमा स्नान गर्न प्रतिबन्द लगाएको छ ।

कोरोना कहरका कारण गत चैत्र ११ गते पोखरा ÷जोमसोम हवाई उडान समेत बन्द छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु