Information is intelligence
HomeEducationकहिले हुन्छ कक्षा १२ को रिजल्ट ? यसो भन्छ राष्ट्रिय परीक्षा बोर्ड

कहिले हुन्छ कक्षा १२ को रिजल्ट ? यसो भन्छ राष्ट्रिय परीक्षा बोर्ड

- Advertisement -spot_img

काठमाण्डौ | मंसिरमा भएको कक्षा १२ को परीक्षाफल माघ पहिलो साता प्रकाशन गरिने राष्ट्रिय परीक्षा बोर्डले छ। यसका लागि तयारी भइरहेको बोर्डले जनाएको छ।

परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ। अहिले विद्यार्थीको नतिजा ‘इन्ट्री’ भइरहेको बोर्डले जनाएको छ।

धेरै विद्यालयले विद्यार्थीको रोल नम्बर र डाटा भर्दा ध्यान नदिएकाले नतिजा इन्ट्री गर्न कठिनाइ भइरहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए। उनका अनुसार त्यसलाई रुजु गर्न धेरै समय लाग्ने गरेको छ।

काम तिव्र रुपमा भइरहेकाले पुस अन्तिम साता वा माघ पहिलो साता नजिता आउने उनको भनाइ छ। ढिलोमा माघ पहिलो सातासम्म नतिजा आउँछ, सदस्यसचिव अर्यालले भने।

कोरोना महामारीको कारण गत चैतमै हुनुपर्ने परीक्षा यस वर्षको मंसिरमा भएको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु