Information is intelligence
HomeNewsथप ५२२ जनामा कोरोना संक्रमण

थप ५२२ जनामा कोरोना संक्रमण

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा ५२२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ५७८ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ ।

पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८९३ पुगेको छ ।

मन्त्रालयका अनुसार ५ हजार २२५ जना आइसोलेसनमा छन् । ३४२ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ५७ हजार ४५४ पीसीआर परीक्षण गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु