Information is intelligence
HomeServiceट्राफिक जरिवाना डिजिटल वालेटबाटै, यसरी गर्नुहोस् भुक्तानी

ट्राफिक जरिवाना डिजिटल वालेटबाटै, यसरी गर्नुहोस् भुक्तानी

- Advertisement -spot_img

काठमाडौं । ट्राफिक जरिवाना डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ । ट्राफिक व्यवस्थापनलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोग गरेको हो ।

महालेखा नियन्त्रकको कार्यालयले यसका लागि विद्युतीय भुक्तानी सेवा प्रदायकलाई राजस्व व्यवस्थापन सूचना प्रणालीमा आवद्ध गराएको हो ।

कुनै पनि सवारीचालक ट्राफिक कारबाहीमा परी जरिवना तिर्नुपर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रणालीको विकास भएको हो । यसबाट बैंकमा लामो लाइन लाग्नुपर्ने स्थितिको अन्त्य हुने छ ।

अबको केही दिनमा यो सेवा लाइभ हुने उप महालेखा नियन्त्रक भेषप्रसाद भुर्तेलले जानकारी दिए ।

सम्बन्धित राजस्व संकल गर्ने निकायको सिस्टम अथवा  https://www.fcgo.gov.np/मा गएर अनलाइन भुक्तानी गर्न सकिनेछ ।’

लाइसेन्स प्रिन्ट भए/नभएको यसरी थाहा पाउनुहोस्

ट्राफिक प्रहरीले यसका लागि टीभीआरएस (ट्राफिक भायाेलेन्स रेकर्ड सिस्टम) नामक सफ्टवेयर समेत तयार पारिसकेको छ  । यसमा तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणाली समावेश गरेर जरिवाना बापतको राजस्व रकम सरकारी राजस्व खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु