Information is intelligence
HomeNewsखानेपानी मन्त्रीलाइ कालाे झण्डा देखाइयाे

खानेपानी मन्त्रीलाइ कालाे झण्डा देखाइयाे

- Advertisement -spot_img

प्रचण्ड–माधव नेपाल पक्षधर विद्यार्थीले खानेपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाएर विरोध जनाएका छन् ।

दोस्रो चरणको घोषित आन्दोलन अनुसार केपी ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाइएकाे अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।

उनले आज विहान जाजरकोटको भेरी नगरपालिकास्थित बोहरामा मन्त्री थापालाई कालो झण्डा देखाएर प्रतिगमनको विरोध गरिएको बताएका छन् ।

अ‍ोली नेतृत्वको नेकपाका कर्णाली प्रदेश इन्चार्ज समेत रहेका थापा जाजरकोटमा कार्यकर्ता भेलालाई सम्बोधन गर्न मंगलवार सुर्खेत पुगेका थिए ।

आज जाजरकोटमा भेला आयोजना गरिएको भेरी नगरपालिकाका मेयर समेत रहेका नेकपा नेता सीपी घर्तीले बताएका छन् । केही व्यक्तिले सडकमा उभिएर कालो झण्डा देखाएको बताउँद घर्तीले आफूहरुले वास्ता नगरेको जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु