Information is intelligence
HomeInternationalभारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५० हजार बढी

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५० हजार बढी

- Advertisement -spot_img

नयाँदिल्ली  – भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित रहेका र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको जनाएको छ ।

भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन् । दिल्लीमा भने ४ हजार ५६२ जना सक्रिय संक्रमित रहेका छन् । यहाँ १० हजार ६०९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा जनवरी ५ सम्म १७ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु