Information is intelligence
HomeBusinessखल्ती डिजिटल वालेटबाट २० रुपैयाँ रिचार्जमा आइफोन १२ जित्ने अवसर

खल्ती डिजिटल वालेटबाट २० रुपैयाँ रिचार्जमा आइफोन १२ जित्ने अवसर

- Advertisement -spot_img

काठमाडौं | खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जोडिने व्यक्तिहरूका लागि “Khalti मा iPhone 12” अभियान मार्फत आइफोन १२ जित्ने अवसर ल्याएको छ । यस अभियान अन्तर्गत खल्ती प्रयोगकर्ताहरुले बम्पर उपहारमा अहिले निक्कै प्रचारमा रहेको आइफोन १२ पाउन सक्ने छन्।

खल्तीले आफ्नो भाईबर स्टिकरको लन्च अन्तर्गत जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर समुदायमा जोडिने ग्राहकहरूका लागि यो योजना ल्याएको हो । उक्त योजनामा सहभागी हुनेहरूमध्य बम्पर उपहारमा एक जनाले आइफोन १२ उपहार स्वरुप पाउने छन् भने धेरै जनाले साप्ताहिक, मासिक उपहारहरु पनि जित्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन खल्तीको भाइबर कम्युनिटीमा जोडिएपछि वेवसाइट Khalti.com वा खल्ती मोबाइलएपको होमस्क्रिन मा रहेको खल्ती ‘बजार’ मा गइ “प्जबतिष् मा आइफोन १२” क्याम्पेनमा गएर २० रूपैयाँ भुक्तानी गरी रिचार्ज गर्नपर्ने छ । विजेताको घोषणा योजना सकिएको ७ दिनपछि फेसबुक लाईभमा लक्की ड्र मार्फत गरिने खल्तीले जनाएको छ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु