Information is intelligence
HomeNewsसेनाको गाडीको ठक्करबाट एकको मृत्यु

सेनाको गाडीको ठक्करबाट एकको मृत्यु

- Advertisement -spot_img

राजविराज | नेपाली सेनाको गाडीको ठक्करबाट बुधबार सप्तरीमा एकजनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका-१ रुपनी चोकमा सेनाको बा १ ग १९८१ नम्बरको वानटन गाडीले स ५ प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ का ६५ वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएक चौधरीलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको सूर्यदल गण विराटनगरबाट भैरव दल गण ललितपुरका लागि अदलीबदली गर्न ३२ जनाको टोली लिएर जाँदै गरेको वानटनले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र चालक धरान १७ का मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु