Information is intelligence
HomeSportsफाइनलका लागी दुई म्यानचेस्टर भिड्दै

फाइनलका लागी दुई म्यानचेस्टर भिड्दै

- Advertisement -spot_img

इ एफ एल कपको सेमी फाइनल खेलमा आज दुई म्यानचेस्टर भिड्दै छन्। खेल नेपाली समय अनुसार आज राति १:३० मा हुनेछ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा हुने खेलमा दुवै टोली जित निकाल्ने सोचमा मैदामा उत्रने छन्। यस खेलमा जित निकाल्ने टोलीले फाइनलमा टोटेनहमको सामना गर्नेछ। टोटेनहम गएराती भएको खेलमा ब्राटफोडलाई २-० ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

घरेलु मैदानमा सिटीविरुद्ध युनाईटेडका फरवार्ड एडिन्सन काभानी भने खेल्ने छैनन् । ३ खेलको प्रतिबन्धको कारण उनी टिम बाहिर रहेका छन् ।

यता, सिटीका ग्राबियल जिसस र केली वाल्करले युनाईटेडविरुद्ध खेल्ने सम्भावना रहेको छ । उनीहरु कोरोनाको कारण सेल्फ आईसोलेसन अवधि पुरा गरेर टीममा सामेल भईसकेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु