Information is intelligence
HomeInternationalहजारौँ पन्छी मारिँदै, यस्तो छ कारण

हजारौँ पन्छी मारिँदै, यस्तो छ कारण

- Advertisement -spot_img

भारतमा हाँस र कागमा एभिअन फ्लूको सङ्क्रमण देखिएको छ।

भारतका विभिन्न ठाउँमा फ्लू देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको जनाइएको छ। त्यहाँ धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका बताइएको छ । भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ।

त्यहाँ मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीको काममा समेत रोक लगाइएको छ।

उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मङ्गोलियाबाट बसाइसराई गर्दै आएका झन्डै २,४०० चराहरू खोया हाँसहरू मरेको पाइएको छ।

त्यस्तै केरला राज्यमा समेत १२,००० हाँसहरू मरेपछि राज्यको मापदण्ड अनुसार विभिन्न ३६,००० पन्छीहरू मारिएको छ।

मध्य प्रदेशमा पछिल्लो १० दिनमा सयौँ कागहरू मरेका पाइएकामा हालै बकुल्ला र सुगाहरू समेत त्यसमा थपिएका छन्।

बीबीसी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु