Information is intelligence
HomeEntertainment & Artsहरिवंशकाे व्यङ्ग्यात्मक गीत सार्वजनिक

हरिवंशकाे व्यङ्ग्यात्मक गीत सार्वजनिक

- Advertisement -spot_img

बहुमुखी प्रतिभाका धनी हरिवंश आचार्यको ‘एउटा कुरा छ’ बोलको व्यङ्ग्यात्मक नयाँ गीत युट्युबमार्फत सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत हरिवंशकै छ।

हरिवंशले नेपालमा व्याप्त राजनीतिक भ्रष्टाचारलाई गीतको विषय बनाएका छन्। गीतको विषय राजनीतिक भए पनि  प्रस्तुति रमाइलो छ। सामान बोक्ने रिक्शा गुडाउँदै धनी बनेको सपना देख्ने गरिब पात्रको कथा भनिएको गीतमा उनी आफैंले मुख्य भूमिका निर्वाह गरेका छन्।

सत्यदीप केसीको सिनेमेटोग्राफी रहेको भिडिओ निर्देशन सागर राज शर्माले गरेका हुन्। गीतको स‌ंगीत संयोजन र मिक्सिङ किरण तुलाधरले गरकेा छन्। गीतको भिडिओ महसंचारबाट युट्युबमा सार्वजिनक भएको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु