Information is intelligence
HomeNewsथप ४०९ जनामा कोरोना संक्रमण

थप ४०९ जनामा कोरोना संक्रमण

- Advertisement -spot_img

नेपालमा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

हालसम्म १९ लाख ६४ हजार १६० पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ भने क्वारेन्टाइनमा ३४२ जना छन् ।

यस्तै, काठमाडौं उपत्यकामा २४ घण्टामा २३३ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा १५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जना कोरोना संक्रमित थप भएका छन् ।

२४ घण्टामा ४९५ जना निको भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु भएको छ । हालसम्म कोरोनाबाट १ हजार ८९९ ले ज्यान गुमाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु