Information is intelligence
HomeEntertainment & Artsस्वस्तिमाले लिइन् एउटै फिल्मकाे पारिश्रमिक १८ लाख

स्वस्तिमाले लिइन् एउटै फिल्मकाे पारिश्रमिक १८ लाख

- Advertisement -spot_img

नेपालमा नायिका स्वस्तिका खड्काकाे क्रेज राम्राे छ । उनले अभिनय गरेका अधिकांश चलचित्र सफल भएका छन् । उनले अभिनय गरेकाे बुलबुल सार्क फिल्म फेस्टिबलमा समेत छनाेट भएकाे थियाे ।

उनकाे क्रेज निर्माता तथा नायक निश्चल बस्नेतसँग विवाह भएपछि झनै बढेकाे छ । तर उनी भने उनकाे अभिनयकाे कारण नै याे सफलता हात पारेकाे बताउँछिन् ।

उनै सफल नायिका स्वस्तिमा हालैमात्र एक नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । चीसाे मान्छे नाम गरेकाे चलचित्रमा उनले १८ लाख पारिश्रमिक लिएर अनुबन्ध गरेकी हुन् ।

दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र चीसाे मान्छेका लागि स्वस्तिमाले महंगो पारिश्रमिक वुझेकी छिन् । निर्मात्री पाण्डेले भने स्वस्तिमाको भूमिका नै बेजोड खालको भएको भन्दै पारिश्रमिकको बिषयमा बहस गर्न आवश्यक नरहेको बताइन् ।

यो चलचित्रले मानिसहरुमा देखिएको नैराश्यताको कथालाई प्रस्तुत गर्नेछ । नायिका खड्काले निर्देशक निश्चल बस्नेतको निर्देशनमा बन्ने चलचित्र ‘जिन्दाबाद’मा पनि काम गर्ने तयारी गरेकी छिन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु