Information is intelligence
HomeEconomyइन्स्याेरेन्स मध्ये सबैभन्दा उत्कृष्ट रेटिङ पाएकाे सिटिजनले आइपिओ जारी गर्ने

इन्स्याेरेन्स मध्ये सबैभन्दा उत्कृष्ट रेटिङ पाएकाे सिटिजनले आइपिओ जारी गर्ने

- Advertisement -spot_img

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्ने तयारी गरेको छ । आईपिओलाई लक्षित गरी इक्रा रेटिङमा रेटिङ सिटिजन लाईफले ट्रिपल बी– रेटिङ पाएको छ ।

इन्स्यारेन्सले सर्वसाधारणका लागि ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्नका लागि रेटिङ्ग गराएको थियो । इक्रा रेटिङमा रेटिङ गराउँदा बीबीबी– रेटिङ पाएको हो । जीवन बीमा कम्पनीहरुमध्येमा पाएको यो उत्कृष्ट रेटिङ हो । ट्रिपल बी– रेटिङले कम्पनीको वित्तीय अवस्था निकै बलियो रहेको पुष्टि हुन्छ ।

इक्राले देशैभरि ११३ वटा शाखा, १५ हजार भन्दा बढि अभिकर्तासहितको बलियो कम्पनीको रुपमा व्याख्या गरेको छ ।

धितोपत्र बोर्डले सर्वसाधारणमा आईपीओ जारी गर्नुपूर्व प्रत्येक कम्पनीलाई अनिवार्य क्रेडिट रेटिङ्ग गराउनुपर्ने व्यवस्था गरेको छ । अब धितोपत्र बोर्डबाट अनुमति पाएपछि आईपीओ निष्कासन गर्ने कम्पनीको तयारी छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु