Information is intelligence
HomeShare Bazarबजार सम्बन्धी भ्रम फैलाउनेहरुमाथि नियमन गर्न ब्रोकरको अनुरोध

बजार सम्बन्धी भ्रम फैलाउनेहरुमाथि नियमन गर्न ब्रोकरको अनुरोध

- Advertisement -spot_img

सामाजिक सञ्जालमार्फत फेक आइडी प्रयोग गरी सेयर बजार सम्बन्धी अनावश्यक हल्ला र भ्रम फैलाउनेहरुको सक्रियता बढेको भन्दै नियमन गर्ने संयन्त्र बनाउन स्टक ब्रोकर एसोसिएसनले नियामक निकायहरुसँग आग्रह गरेको छ । सेयर बजारसँग सम्बन्धित विभिन्न संस्था तथा निकायहरुका व्यक्तिहरुलाई लक्षीत गरी फेक एकाउन्टबाट गालीगलौज गर्ने क्रम बढेकोतर्फ पनि एसोसिएसनले ध्यानाकर्षण गराएको छ ।

साथै, सूचीकृत कम्पनीहरुका विषयमा पनि अनावश्यक हल्ला फैलाउने र साधारण लगानीकर्तालाई दिग्भ्रमित बनाउने कार्य हुन थालेकाले नियमन संयन्त्र बनाउन नेप्से, धितोपत्र बोर्ड र अर्थमन्त्रालयसँग ब्रोकरहरुले आग्रह गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु