Information is intelligence
HomeEconomyलगातार बढेको सुनको मुल्य विहीवार ह्वात्तै घट्यो

लगातार बढेको सुनको मुल्य विहीवार ह्वात्तै घट्यो

- Advertisement -spot_img

काठमाडौं | विहीवार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ ।

आज प्रतितोला छपावाला सुनको मूल्य तोलामा १३ सयले कमि भइ प्रतितोला ९५ हजार ४ सय कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधवार प्रतितोला सुनको मूल्य ९६ हजार ७ सय रहेको थियो ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९४ हजार ९ सय रहेको छ ।

महासंघका अनुसार आज चाँदीको प्रतितोला मूल्य १० रुपैयाँले कमि आएको छ । बुधवार चाँदीको मूल्य १ हजार ३ सय ४० रहेकोमा आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १ हजार ३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु