Information is intelligence
HomePoliticsप्रधानमन्त्रीकाे पुत्ला जलाइयाे

प्रधानमन्त्रीकाे पुत्ला जलाइयाे

- Advertisement -spot_img

नेकपा प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीहरुले आज बिहान प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

संसद विघटनको विरोधमा हाल प्रचण्ड–माधव समूहका विद्यार्थीहरु दोस्रो चरणको आन्दोलनमा छन् । सोही आन्दोलनको क्रममा आज देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र यो असंवैधानिक कदम भएको भन्दै नेकपाको ओली इतरसमूहका साथै अन्य राजनीतिक दलहरु पनि विरोधमा उत्रिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु