Information is intelligence
HomeNewsघुस लिएको आरोपमा थानकोटका इन्स्पेक्टर निलम्बित

घुस लिएको आरोपमा थानकोटका इन्स्पेक्टर निलम्बित

- Advertisement -spot_img

काठमाडौं : महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मा निलम्बनमा परेका छन्।

सेवाग्रहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा उनलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको हो। मुद्दा शाखामा कार्यरत निरीक्षक शर्माले सेवाग्रहीको काम गर्न भन्दै १५ हजार रुपैयाँ लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी आशोक सिंहले जानकारी दिए।

कलंकीमा भएको एउटा सवारी दुर्घटनामा उनले रकम मागेका थिए। घटनाको अनुसन्धान भइसकेपछि पनि उनले मुद्दा बुझाउन आलटाल गरेर घुस लिएको उनीमाथि आरोप छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु