Information is intelligence
HomeEconomyलगातार उकालाे लाग्दै नेप्से, प्रभु बैंककाे सबैभन्दा बढी शेयर बिक्री

लगातार उकालाे लाग्दै नेप्से, प्रभु बैंककाे सबैभन्दा बढी शेयर बिक्री

- Advertisement -spot_img

लगातार उकालाे लाग्दै गएकाे नेप्से सूचक बिहिबार पनि बढेकाे छ । लगानीकर्ताहरू पनि उत्साहित देखिएका छन् ।

नेप्से सूचक १५.९१ अंकले बढेर २१९४.४८ विन्दुमा आइपुगेको छ । २०८ कम्पनीको ५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड १७ लाख ६७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । अन्य बाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ । व्यापारिक, उत्पादनमूलक र निर्जीवन बिमा समूहमा सबैभन्दा बढी तेजी आएको छ ।

वाणिज्य बैंक समूहको सूचकमा पनि दोहोरो अंकको तेजी आएको छ । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएका छन् । खरिदबिक्री रकममा प्रभु बैंकले अग्रता लिएको छ । यसको ३१ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा पुनर्बिमा र तेस्रोमा चिलिमे हाइड्रोपावर कम्पनी परेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु