Information is intelligence
HomeNewsभेरी नदीमा बस खस्यो, १ जनाको मृत्यु

भेरी नदीमा बस खस्यो, १ जनाको मृत्यु

- Advertisement -spot_img

सुर्खेत | छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत पर्ने सुर्खेतको गुर्भाकोट नगरपालिका ९ गरालेमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

सल्यानको कालीमाटी बाट छिन्चु जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस बोटेचौर भन्ने स्थानमा दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

बस अन्दाजी ३ सय मिटर तल भेरी नदीमा खसेको हो । बसको सम्पूर्ण भाग पानी मुनि पुरिएको छ ।

दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते चालकसहित दुई जनालाई सुर्खेतस्थित मेहलकुना अस्पताल लगिएको छ । सहचालक बेपत्ता भएको प्रवक्ता श्रेष्ठले बताए।

बेपत्ता सहचालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा बोटेचौर र छिन्चुबाट प्रहरीको टोली पुगेर उद्दारको कार्य जारी राखेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु