Information is intelligence
HomeEducationसंस्कृत विश्वविद्यालयले वास्तु इन्जिनियरिङ पढाउने !

संस्कृत विश्वविद्यालयले वास्तु इन्जिनियरिङ पढाउने !

- Advertisement -spot_img

नेपाल संस्कृत विश्वविद्यालयले वास्तु इन्जिनियरिङ, प्राकृतिक चिकित्सा, योग विज्ञान तथा आयुर्वेद फार्मेसी विषयको पठनपाठन सञ्चालन गर्ने गरी नीतिगत प्रक्रिया अगाडि बढाएको छ ।

विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले वास्तु, ज्योतिष र इन्जिनियरिङको संयुक्त ज्ञान भएको विषयका रूपमा वास्तु इन्जिनियरिङको पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको बताए ।

समाजमा मानिसले भौतिक संरचनाको निर्माण गर्दा वास्तु, ज्योतिषसहितको इन्जिनियरिङको माग गर्ने गरेको तर जनशक्तिको अभाव महसुस भएकाले आफूहरू यसमा अघि बढेको उनको भनाइ छ ।

घरमा मानिसले पानी ट्याङ्कीको ठाउँमा सेफ्टी ट्याङ्की बनाउने अनि सेफ्टी ट्याङ्की बनाउने ठाउँमा पानी ट्याङ्की बनाउने तर पछि व्यावहारिक प्रयोगमा पछुताउने गरेको यस खालको पठनपाठन आवश्यक देखिएको उनको तर्क रहेको छ ।

नेपालका विश्वविद्यालयमा हालसम्म यस खालको जनशक्ति उत्पादन नभएको विश्वविद्यालयको दावी रहेको छ । यसका लागि आवश्यक पाठ्यक्रम बनाउन प्रा.डा. जीवराज पोखरेलको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

विश्वविद्यालयको सभाले यस विषयको पठनपाठन अघि बढाउने नीतिगत निर्णय गरिसकेको छ । गोरखापत्रबाट

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु