Information is intelligence
HomeCulture & Religionआन्दोलनलाई छुट, पर्वलाई रोक

आन्दोलनलाई छुट, पर्वलाई रोक

- Advertisement -spot_img

विश्वभरि फैलिएको कोरोना महामारीको प्रभाव नेपालमा पनि अझै घटेको छैन।तर,यतिबेला नेपाल भने जाडोमा पनि तातिरहेको छ। संसद विघटनको समर्थन र विरोधमा नेपालका सबैजसो सडकमा प्रदर्शन देख्न पाइन्छ । महामारीको समयमा प्रदर्शन नगर्न नगराउन कहीँ कतै सूचना निकालिएको छैन तर महामारीकै कारण देखाउँदै पर्व विशेषलाई भने रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीले महामारी व्याप्त रहेकाले माघे संक्रान्ति,माघे औंसी लगायतका पर्वमा कुनै पनि मेला/महोत्सव नगर्न नगराउनका लागि सूचना जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर रहेको सूचनामा विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरसको जोखिम यथावत रहेको साथै नयाँ प्रजातिको कोरोना भाइरस सर्न सक्ने संभावना रहेकाले भीडभाड हुने ठाउँमा पर्व विशेष मेला नगर्न सूचित गरिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु