Information is intelligence
HomeNewsमहेन्द्रप्रियाको वार्षिकोत्सव सम्पन्न

महेन्द्रप्रियाको वार्षिकोत्सव सम्पन्न

- Advertisement -spot_img

मेलम्ची नगरपालिका वडा नं ११ को महेन्द्रप्रिया आधारभूत विद्यालयको ५८औँ वार्षिकोत्सव तथा १०औं अभिभावक सम्मेलन बिहीबार सम्पन्न भएको छ । पूर्णरुपमा स्वास्थ्य सुरक्षा अपनाउँदै विद्यालयको वार्षिकोत्सव मनाइएको विद्यालयले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि गुड ह्यान्स नेपालका अध्यक्ष दावा लामाले विद्यालयको भौतिक विकाससँगै शैक्षिक गुणस्तर विकास हुन जरुरी रहेको बताए। भूकम्पले भत्काएको विद्यालयको भवन गुड ह्यान्स नेपालको सहयोगमा निर्माण भएको हो । सुविधा सम्पन्न १० कोठे भवन निर्माण गरेको गुड ह्यान्स नेपालले तीन वर्षअघिदेखि नै विद्यालयलाई सहयोग गर्दै आएको विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद भट्टराईले जानकारी दिए।

गुड ह्यान्स नेपालले विद्यार्थीका लागि पोषाक, खेलकुद तथा शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोगि संस्था गुड ह्यान्स नेपालले २ शिक्षकसमेत सहयोग गरेको छ । कार्यक्रममा लामाले शैक्षिक सुधारका लागि विद्यालयसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए । उनले स्थानीय सरकारसँग साझेदारी गर्दै थप सहयोग गर्ने समेत बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो । यसैबीच सामाजिक अभियन्ता दावा लामाले रेडियो मेलम्चीको प्रसारण सबलीकरणका लागि १ थान प्रिन्टरसहित कम्युटर उपलब्ध गराएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु