Information is intelligence
HomeCulture & Religionआइतबार पशुपतिनाथ मन्दिर बन्द हुने, यस्तो छ कारण र मन्दिर खुल्ने समय

आइतबार पशुपतिनाथ मन्दिर बन्द हुने, यस्तो छ कारण र मन्दिर खुल्ने समय

- Advertisement -spot_img

काठमाडौं | हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथको मन्दिर आइतबार बन्द हुने भएको छ।

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिएको थियो । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको थियो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार शनिबार राति धनुर्मास पर्व परेकाले भोलिपल्ट आइतबार मन्दिर बन्द हुने भएको हो ।

आइतबार दिउँसो १.३० बजेदेखि मात्र मन्दिर खुल्ला हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु