Information is intelligence
HomePoliticsओली भीम रावलप्रति अति आक्रामक हुनुको यस्तो छ कारण

ओली भीम रावलप्रति अति आक्रामक हुनुको यस्तो छ कारण

- Advertisement -spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली अति आक्रामक हुदै आएका छन् ।उनले अर्को समूहका नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति आक्रामक हुँदै आएका छन् ।

उनले प्रचण्ड र माधव नेपाललाई जत्तिकै घोचपेच भीम रावललाई गर्दै आएका छन् ।

हिजो रावलको गृहक्षेत्र सुदूरपश्चिममा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले केही समय रावललाई घोचपेच गर्न खर्चिए । उनले भने, ‘नानीभन्दा नाना ठुला मान्छे भन्दा कुरा ठुला !’ रावलप्रति उनको व्यङ्ग्य थियो ।

ओलीले रावललाई बाहिर राष्ट्रवादी देखिने र भित्र उखरमाउलो चलखेल गर्ने गरेको आरोप पनि लगाए ।

अनेरास्ववियूको कार्यकर्ता भेलामा ओलीले भीम रावलप्रति व्यङ्ग्य गर्दै भनेका थिए, ‘तिनलाई श्रीमतीले घरमा कसरी खान दिइन् होला ? छरछिमेकका दिदीबहिनीका अगाडि कसरी देखाए होलान् ?’

किन ओली रावलप्रति यति धेरै आक्रामक छन् ?

  • तत्कालिन नेकपा एमालेको अन्तिम महाधिवेशनमा रावल माधवकुमार नेपाल पक्षमा थिए । उनले ओलीलाई हराउन देशभर र विशेषगरी सुदुरपश्चिमबाट पूरा शक्ति लगाएका थिए ।
  • एमाले र माओवादीबीच एकीकरण हुँदा रावल सचिवालयमा लगिएनन् । उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेका रावलले यसप्रति निकै असन्तुष्टि जनाएका थिए ।
  • पार्टीभित्र ओलीको अधिकांश कदमको खुलेर आलोचना गर्ने रावल नै हुन्थे । उनी ओलीको एमसीसी संसदबाट पारित गर्न खोज्ने कदमको समेत विरोधी देखिएका थिए ।
  • ओलीले बालुवाटारमा विदेशी अधिकारी र नेतालाई भेटेकोमा समेत आपत्ती जनाए ।
  • रावलले प्रतिपक्षी दलका नेताले भन्दा खरो तरिकाले ओलीको आलोना गरिरहे । यसबाट ओली निकै आक्रोशित भएका छन् । त्यसैले उनले रावलको चर्को आलोना गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु