Information is intelligence
HomeSportsबार्सिलोनाको सानदार जित, रियल बराबरीमा रोकियो

बार्सिलोनाको सानदार जित, रियल बराबरीमा रोकियो

- Advertisement -spot_img

स्पेनिस लिग लालिगामा गएराति भएको खेलमा बार्सिलोनाले ग्रानाडा माथि ४-० को सानदार जित हात पारेको छ भने रियल र ओसासुना बीचको खेल बराबरीमा रोकिएको छ ।

ग्रानाडाको घरेलु मैदानमा भनेको खेलमा बार्सिलोनाले ग्रानाडा माथि ४-० को जित हात परेको छ । बार्सिलोनाका लागि लियोनल मेसीले खेलको ३५ र ४२ औं मिनेटमा दुई गोल गरेका थिए भने ग्रिजम्यानले खेलको १२ औं र ६३ औं मिनेटमा गोल गर्दै जित हात पारेका हो । जित संगै १८ खेलमा ३४ अंक सहित बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ भने १७ खेलमा २४ अंक सहित ग्रानाडा तालिकाको साथौँ स्थानमा छ ।

हिजोनै भएको अर्को खेलमा रियल र ओसासुना बिचको भएको खेल गोल रहित बराबरीमा सकिएको छ ।  बराबरी भए संगै दुवै टोलिले अंक बाडेका छन् । १८ खेलमा ३७ अंक सहित रियल तालिकाको दोस्रो स्थानमा छ भने १७ खेलमा १५ अंक सहित ओसासुना तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु