Information is intelligence
HomeEconomyसुनचाँदीको मुल्यमा महिनाकै भारी गिरावट

सुनचाँदीको मुल्यमा महिनाकै भारी गिरावट

- Advertisement -spot_img

काठमाडौं | सुनचाँदीको भाउमा उच्च गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार एकै दिन सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले ओरालो लागेको हो । आज आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ कायम गरेको छ । गत शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँ थियो ।

तेजाबी सुनको भाउ पनि तोलामा २३ सयले नै झरेर ९२ हजार ५ सय कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले झरेर १२ सय ७० कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउ घटेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु