Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्दै, यस्तो छ कार्यसूची

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्दै, यस्तो छ कार्यसूची

- Advertisement -spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बस्‍न लागेको राष्ट्रियसभालाई सम्बोधन गर्ने भएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन भएका हुन्।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालका अनुसार प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् ।

यही पुस ५ गते संघीय प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको हिउँदे सत्रलाई सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले देशको वर्तमान राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुरा राख्ने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

बैठकमा प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने पनि कार्यसूची छ। त्यसैगरी विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश कार्यसूची तय भएको संसद सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधिसभा विघटनलाई लिएर देशमा राजनीतिक तरंग अझै जारी छ। पक्ष र विपक्षमा देश विभाजित भइरहेका बेला प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन पन घोषणा गरिसकेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा दाहाल-नेपाल समूह र कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेका बेला प्रधानमन्त्रीको सम्बोधन आउन लागेको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु