Information is intelligence
HomeEconomyप्रभु बैंकको एजीएम आइतबार, यति लाभांश पारित हुँदै

प्रभु बैंकको एजीएम आइतबार, यति लाभांश पारित हुँदै

- Advertisement -spot_img

काठमाडौं | प्रभु बैंकको वार्षिक साधारण सभा आज पुस २६ गते आइतबार बसेको छ ।

१९औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा बिहान ११ बजेबाट सुरु भएको हो ।  बैंकले १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२% नगद लाभांश गरी कुल १०.५२% लाभांश दिन लागेको हो ।

साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषमा पनि छलफल हुनेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुस १० देखि २६ गतेसम्म बुक क्लोज गरेको छ । पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु