Information is intelligence
HomePoliticsमेरो पालामा जस्तो असाधारण विकास कहिल्यै भएको थिएन: प्रधानमन्त्री ओली

मेरो पालामा जस्तो असाधारण विकास कहिल्यै भएको थिएन: प्रधानमन्त्री ओली

- Advertisement -spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पालामा जस्तो असाधारण विकास यसअघि कहिल्यै नभएको  बताएका छन्। राष्ट्रियसभाको आइतवार बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

ओलीले यो सरकारको पालामा रानीपोखरी बनिसकेको बताए। त्यसैगरी यही सरकारले एक वर्षमै ९८० किलोमिटर सडक पिच गरेको पनि उनले बताएका छन्।

‘एक वर्षमै सरकारले ९८० किलोमिटर सडक कलोपत्रे गरेको छ। असाधारण ढंगले विकासका काम भएका छन्’, उनले भने, ‘द्रूतगतिमा काम भएको छ। यसभन्दा अघि कहिल्यै पनि यसरी विकास भएको थिएन।’

उनले महाकालीमा पुल बनिरहेको, किमाथांका नाकामा सडकले जोडिरहेको बताउँदै देशभर विकासको लहर चलेको पनि बताए। ‘सरकारले तीव्र गतिमा विकासको काम गरिरहेको छ’, उनले भने, ‘सरकारले काम गरेको देख्न नसकेर निर्वाचनबाट बहुमत पाएको सरकारलाई हटाउन खोजियो, अनेक षडयन्त्रका तानाबाना बुनियो।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु