Information is intelligence
HomeInternationalभारतमा शुक्रबारदेखि खोप अभियान सुरु हुँदै

भारतमा शुक्रबारदेखि खोप अभियान सुरु हुँदै

- Advertisement -spot_img

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आगागी १६ जनवरी (३ माघ) देखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुने जनाएको छ । अभियानको सुरुमा फ्रन्ट लाइनमा रहेर काम गरिरहेका तीन करोड व्यक्तिलाई खोप दिइने छ ।

पहिलो चरणको खोप अभियान सकिएपछि दोस्रो प्राथमिकतामा ५० वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप लगाइने मन्त्रालयले भनाइ छ । त्यसपछि ५० भन्दा कम उमेरका व्यक्ति जो पहिलादेखि नै कुनै रोगका कारण पीडित भएकालाई खोप दिइने छ । यस्ता व्यक्तिको संख्या भारतमा करिब २७ करोड भएको मन्त्रालयको अनुमान छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार ड्रग्स कन्ट्रोल जनरल अफ इन्डियले अनुमति दिएको दुई वटा भ्याक्सिन कोभिसिल्ड र को–भ्याक्सिन अभियानमा प्रयोग गरिने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु