Information is intelligence
HomePoliticsराष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा रोष्टममा थुकेपछि...(भिडीयोसहित)

राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा रोष्टममा थुकेपछि…(भिडीयोसहित)

- Advertisement -spot_img

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधनको क्रममा रोष्टममा थुकेपछि उनको आलोचना भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनदेखि विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए ।

पार्टीमा देखिएको विवाद, पूर्वन्यायाधीशरुको विज्ञप्ति, प्रतिनिधिसभा विघटनको विषयमा बोल्दै गर्दा प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा थुकेका हुन् ।

भाषणको बीचमा रोस्ट्रममा नै माइकबाट यसो छेउ लगाएर प्रधानमन्त्री ओलीले थुकेपछि यसको आलोचना सुरु भएको छ । आलोचना गर्नेहरुलाई यसलाई प्रधानमन्त्री अशिष्ट भएको बताएका छन् ।

राष्ट्रिय सभाको हिउदे अधिवेशनको अन्तिम दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै आफुले प्रतिनिधि सभा विघटन गरेको विषय ठिक भएको भन्दै अब देश चुनावमा होमिएको बताएका थिए ।

राष्ट्रिय सभाको यो अधिवेशन आजैबाट सरकारको सिफारिशमा राष्ट्रपतिले अन्त्य गरेकी छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु