Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९जना कोरोनाका नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९जना कोरोनाका नयाँ संक्रमित

- Advertisement -spot_img

काठमाडौँ |आइतबार नेपालमा २ सय ५९जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार ३ हजार ३ सय ९९ पीसीआर परीक्षणहुँदा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो।

योसगँै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ ।

आईतबार संक्रमित भएकामध्ये काठमाडौँका ९९, ललितपुरका १८ र भक्तपुरका ९ जना रहेका छन् । त्यसैगरी नेपालमा कोरानाबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय १७ पुगेको छ । त्यसैगरी हालसम्म कूल संक्रमितमध्ये २ लाख ५८ हजार ४ सय ४१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले देशैभर गरेर ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टिनमा रहनेको संख्या २ सय ६२ छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु