Information is intelligence
HomeEntertainment & Artsऋतिक रोशनले अनाउन्स गरे अर्को फिल्म, लीडमा दीपिका पादुकोण(भिडियोसहित)

ऋतिक रोशनले अनाउन्स गरे अर्को फिल्म, लीडमा दीपिका पादुकोण(भिडियोसहित)

- Advertisement -spot_img

एजेन्सी | बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो जन्मदिनमा अर्को फिल्मको अनाउन्स गरेका छन् । फिल्मको नाम ‘फाइटर’ रहेको छ ।

फिल्ममा दीपिका पादुकोण फीमेल लीड रोलमा देखिनेछन् । फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गर्ने भएका छन् । फिल्म ३० सेप्टेम्बर २०२२ मा रिलीज हुनेछ ।

चलचित्रमा अभिनेता रोशनले एयरफोर्स अफिसरको भूमिका निभाउँदै छन् । दीपिकाको भूमिकाबारे भने गोप्य राखिएको छ । तर, चलचित्रमा दुवैको भूमिका एक्सनले भरिने अनुमान गरिएको छ ।

दर्शकहरुले लामो समयदेखि ऋतिक र दीपिकाको सहकार्य हेर्न चाहिरहेकोमा निर्देशक सिद्धार्थले पूरा गरिदिएका छन् । यो चलचित्र २०२२ को ठूलो हिट चलचित्र हुने अनुमान अहिले नै गर्न थालिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु