Information is intelligence
HomeSportsदशककै सर्बाधिक गोलकर्ताको सुची सार्बजनिक, को कति नम्बरमा परे ?

दशककै सर्बाधिक गोलकर्ताको सुची सार्बजनिक, को कति नम्बरमा परे ?

- Advertisement -spot_img

विश्व फुटबलमा २०११ को दशकका लागि सर्वोत्कृष्ट गोलकर्ता खेलाडीहरूको सूची घोषणा भएको छ । ‘इन्टरनेसनल फेडेरेसन अफ् फुटबल हिस्टोरी एन्ड स्टाटिसटिक्स’ले सन् २०११–२०२० को अवधि (एक दशक) का लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूची घोषणा गरेको हो ।

जसमा इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो बेस्ट गोलकर्ता खेलाडीको सूचीको पहिलो नम्बरमा छन् । उनले पछिल्लो दशकमा क्लब तथा राष्ट्रिय टोलीका लागिसबैभन्दा धेरै ५५० गोल गरेको सूचीमा उल्लेख छ । आयोजक संस्था ‘आईएफएफएचएस’ले दशककै सर्वाधिक गोलकर्ता खेलाडीलाई ‘द वर्ल्डस बेस्ट टप गोल स्कोरर अफ् द डेकेड २०११–२०२०’ अवार्डले सम्मानित गरिनेछ ।

रोनाल्डोपछि दोस्रो स्थानमा स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी रहेका छन् । मेस्सी रोनाल्डोको भन्दा मात्रै १ गोलले पछि परेर दोस्रो स्थानमा रहे । मेस्सीले पछिल्लो दशकमा कूल ५४९ गोल गरेको सूचीमा उल्लेख छ । यदि थप १ गोल भएको भए मेस्सीलाई पनि रोनाल्डोसँगै संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको हैसियतमा दुवैलाई संयुक्त रूपमा अवार्ड दिइन्थ्यो । तर, १ गोल बढी हुँदा रोनाल्डोले एकल रूपमा अवार्डमा बाजी मारे ।

दशकको अन्तिम वर्ष २०२० को अन्तिम महिना डिसेम्बरमा रोनाल्डोले मेस्सीलाई पछि पारेर नम्बर वान गोलकर्ता बनेका हुन् । डिसेम्बर अघिसम्म रोनाल्डोभन्दा मेस्सी अगाडि थिए । त्यसबेला मेस्सीका नाममा ५४६ गोल थियो भने रोनाल्डोका नाममा ५४३ गोल थियो । दुईजनामा ३ गोलको फरक थियो ।

तर, डिसेम्बर महिनामा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै ७ गोल गरेर मेस्सीलाई पछि पारे । डिसेम्बर महिनामा रोनाल्डोले ७ गोल गर्दा मेस्सीले मात्रै ३ गोल गरेपछि रोनाल्डोले पछि परेको अवस्थामा उल्टाएर मेस्सीलाई पछि पार्न सफल भए । डिसेम्बरअघि ५४३ गोल भएका रोनाल्डोले २०२० सकिँदा ५५० गोल बनाए भने डिसेम्बरअघि ५४६ गोल भएका मेस्सी ५४९ गोलमै अड्किए ।

रोनाल्डो र मेस्सीपपछि तेस्रो स्थानमा जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका रोवर्ट लेवान्डोस्की छन् । उनले सो अवधिमा कूल ४१७ गोल गरेका छन् । त्यसैगरी, इटालिन एसी मिलानमा रहेका ज्लाटन इब्राहिमोभिचले ३४० गोल गर्दा स्पेनिस क्लब एथ्लेटिको मड्रिड तथा उरुग्वेका लुइस स्वारेज ३३५ गोलसहित पाँचौं स्थानमा रहेका छन् ।

यस्तो छ अफिसियल सूची:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु