Information is intelligence
HomeEconomyसिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका,लाभांश हात पार्न यसो गर्नुपर्छ

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका,लाभांश हात पार्न यसो गर्नुपर्छ

- Advertisement -spot_img

काठमाडौं | सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज पुस २७ गते सोमबार अन्तिम दिन हो ।

साधारण सभा प्रयोजनका लागि पुस २८ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र ३% नगद लाभांश गरि कुल १५% लाभांश वितरण गर्दैछ । बैंकको साधारण सभा माघ १६ गते बस्दैछ ।

यस्तै, सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ । यता, सभामार्फत सर्वसाधारण समूहबाट २ जना र संस्थापक समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालकहरुको निर्वाचन हुने भएको छ ।

सभा अम्रपाली बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा भर्चुअल माध्यमबाट पनि उपस्थिति जनाउन सकिनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु