Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा नेपालमा ४८८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ४८८ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

काठमाडौं | पछिल्लो २४ घण्टामा नेपालमा ४८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख  ६५ हजार २६८ पुगेको छ । जसमध्ये २ लाख ५८ हजार ९६८  जनाले कोरोना जितेका छन् । सोमबार थप ५२७ जना डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय २७ पुगेको छ । सोमबार मात्रै थप १० जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ छ ।  यस्तै २३७  जना क्वारेन्टिनमा छन् भने ४ हजार ३७३ जना आइसोलेसनमा छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु