Information is intelligence
HomePoliticsभारतीय च्यानल जी न्यूजलाई प्रधानमन्त्री ओलीको अन्तर्वार्ता

भारतीय च्यानल जी न्यूजलाई प्रधानमन्त्री ओलीको अन्तर्वार्ता

- Advertisement -spot_img

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टेलिभिजन च्यानल जी न्यूजलाई अन्तर्वार्ता दिएका छन् ।

भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका छन् । शनिबार तीन जनाको टोलीसहित काठमाडौं ओर्लिएका सुधीरले आइतबार बालुवाटार पुगेर ओलीको अन्तर्वार्ता लिएका हुन् ।

अन्तर्वार्ता भारतीय समयअनुसार सोमवार राति ९ बजे प्रसारण हुनेछ ।

प्रधानमन्त्री ओलीसँगको कुराकानीपछि सुधीरले फेसबुकमा लेखेका छन्, ‘छिमेकमा के चलिरहेको छ भनेर थाहा पाउनु महत्त्वपूर्ण हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो कुराकानी भयो । अब नेपालले भारतलाई किन ठूल्दाजुका रुपमा व्यवहार गर्न चाहँदैन भन्ने बारेमा पनि कुरा भयो ।’

जी न्युजले पटक–पटक नेपालका बारेमा विवादित सामग्री प्रसारण गर्दैै आएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु