Information is intelligence
HomeShare Bazarचन्द्रागिरीको आईपीओमा आवेदनकाे बाढी , कति पर्याे आवेदन ?

चन्द्रागिरीको आईपीओमा आवेदनकाे बाढी , कति पर्याे आवेदन ?

- Advertisement -spot_img

चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा १५ गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलले दिएको पछिल्लो अपडेट अनुसार २ करोड १० लाख ५२ हजार ३२० कित्ता शेयर माग भएको हो ।

आईपिओमा १० लाख ६७ हजार ८ सय ९३ जना आवेदकबाट २ करोड १० लाख ५२ हजार ३ सय २० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १५.०८ गुणा बढी हो ।

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो।

यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको छ।

आइपीओमा भोलि पुस २८ गतेसम्म आवेदन दिन पाइनेछ। ईच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्म आवेदन भर्न पाउनेछन्। मेरो शेयर एप, मेरो शेयर तथा सिआश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आइपीओको लागि आबेदन दिन सकिनेछ। आईपिओ निष्काशनको लागि ग्लोबल आईएमइ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि  मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु