Information is intelligence
HomeEconomyशेयर बजारमा उछाल कायमै , झण्डै ५ अर्बकाे काराेबार

शेयर बजारमा उछाल कायमै , झण्डै ५ अर्बकाे काराेबार

- Advertisement -spot_img

केहिदिनयता नेपाली शेयर बजारमा लगानीकर्ताहरूकाे राैनक देखिन थालेकाे छ । नेप्से दैनिक रूपमा उकालाे लाग्ने क्रम जारी रहेकाे छ ।

लगातार बढिरहेकाे नेप्से सूचक मंगलबार २८.३१ अंकले बढेर २२६७.७३ विन्दुमा आइपुगेको छ । २०२ कम्पनीको ४ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ३५ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ट्रेडिङबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।

जीवन र निर्जीवन बिमा समूहका सूचकहरु क्रमशः सबैभन्दा बढी बढेका छन् । ८ कम्पनीको भाउ ९% भन्दा माथि वृद्धि भएको छ । सबैभन्दा धेरै प्रिमियर इन्सुरेन्सको २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा प्रभु बैंक र तेस्रोमा अपर तामाकोशी परेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु