Information is intelligence
HomeSportsराष्ट्रिय महिला भलिबल टीम वर्षकै उत्कृष्ट

राष्ट्रिय महिला भलिबल टीम वर्षकै उत्कृष्ट

- Advertisement -spot_img

नेपाली राष्ट्रिय महिला भलिबल टिमले ‘टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले ‘टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको हो ।

महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो ।

महिला टिमले गत वर्षको कात्तिकमा बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप स्वर्ण जितेको थियो ।

यस्तै महिला टिमले १३ औं सागमा ऐतिहासिक रजत पदक जितेको थियो ।

अवार्ड प्राप्त गरेपछि बोल्दै टिमकी कप्तान अरुणा शाहीले एनएसजेएफलाई धन्यवाद दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु