Information is intelligence
HomeEconomyचन्द्रागिरीको आइपिओले राख्यो नयाँ रेकर्ड

चन्द्रागिरीको आइपिओले राख्यो नयाँ रेकर्ड

- Advertisement -spot_img

आईपीओमा आवेदन गर्नेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।चन्द्रागिरी हिल्स लिमिटेडको  आईपीओमा हाल सम्मकै सबै भन्दा धेरै १२ लाख ५१ हजार १० जनाको आवेदन परेर नयाँ रेकर्ड कायम भएकाे हाे ।

कम्पनीको आईपीओमा आवेदन गर्नेको संख्या अझै बढ्न सक्ने बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले जनाएकाे छ । सबै आवेदनहरु अझै प्राप्त नभएकोले यो संख्या अझ थप हुन सक्ने छ ।

यस अघि प्रभु इन्स्योरेन्सको आईपीओमा १० लाख ४९ हजार जनाले आवेदन गरेका थिए।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार मंगलबार सम्ममा २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता शेयर माग भएको छ । कम्पनीको शेयरमा १२ लाख ५१ हजार १० जना आवेदनबाट २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता अर्थात २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर माग गरिएकाे छ । यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १७.५३ गुणा बढी हो ।

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण शेयर आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्काशन ल्याएको हो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । त्यसपछि बाँकी रहने कुल १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढि आवेदन परिसकेकोले धितोपत्र निष्काशन तथा वाँडफाँड नियमावली अनुसार शेयर बाँडफाँड हुनेछ । गोलाप्रथाबाट न्युनतम १० कित्ता शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार १ लाख ३९ हजार ६०२ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् ।

यस अघि स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको यस कम्पनीको चुक्ता पूँजी यस आईपीओ बाँडफाँटपश्चात १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु