Information is intelligence
HomePoliticsसंवैधानिक इजलासमा हरिकृष्णकाे ठाउँमा सपना प्रधान मल्ल

संवैधानिक इजलासमा हरिकृष्णकाे ठाउँमा सपना प्रधान मल्ल

- Advertisement -spot_img

प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दा सुनुवाईका लागि गठन गरेको संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपना प्रधान मल्ललाई सामेल गराएका छन्।

यसअघि उक्त इजलाशमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि ‘स्वार्थ बाझिने’ भन्दै वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि ‘मुद्दा नहेर्ने’ भन्दै कार्कीले इजलाश छाडेका थिए ।

कार्कीले इजलाश छाडेपछि रिक्त रहेको स्थानमा बुधबार प्रधानन्यायाधीश राणाले प्रधानलाई सहभागी गराएका हुन् ।

प्रधानन्यायाधीश राणाले तोकेको इजलाशमा प्रधानन्यायाधीश राणा आफै, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु