Information is intelligence
HomeSports८ वर्ष पछि तालिकाको शीर्ष स्थानमा म्यानचेस्टर युनाईटेड

८ वर्ष पछि तालिकाको शीर्ष स्थानमा म्यानचेस्टर युनाईटेड

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग अन्तर्गत  गएराती भएको खेलमा म्यानचेस्टर युनाईटेड बर्नली लाई १-० ले पराजित गर्दै ८ वर्षपछि तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बर्नलीको घरेलु मैदानमा भएको खेलमा  म्यानचेस्टर युनाईटेडका पाउल पोग्बाले दोस्रो हाफको ७१ औं मिनेटमा गोल गर्दै  युनाईटेडलाई जित दिलाएका हुन् । जितसंगै १७ खेलमा ३६ अंक सहित म्यानचेस्टर युनाईटेड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । साबिक बिजेता लिभरपुल समान खेल खेल्दै युनाईटेड भन्दा तीन अंक कम सहित तालिकाको दोस्रो स्थानमा छ । १६ खेलमा १६ अंक सहित बर्नली तालिकामा पुछारबाट पाचौं स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु