Information is intelligence
HomePoliticsमन्त्री बन्न हानाथाप,गुट परिवर्तन गर्ने ब्ल्याकमेल

मन्त्री बन्न हानाथाप,गुट परिवर्तन गर्ने ब्ल्याकमेल

- Advertisement -spot_img

सुदूरपश्चिम प्रदेशमा रिक्त दुई मन्त्री पदमा नियुक्तिका लागि आकांक्षीको हानथाप छ । कतिपयले मन्त्री नपाए ओली समूहमा जान्छु भन्दै धम्क्याउन थालेपछि मुख्यमन्त्री त्रिलोचन भट्ट अप्ठ्यारोमा परेका छन् ।

सुदूरपश्चिम प्रदेशमा हाल भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री पद रिक्त छ । मुख्यमन्त्री भट्टले १४ पुसमा भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई बर्खास्त गरेका थिए भने २२ पुसमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा आफैंले राजीनामा दिएका थिए ।

उनीहरु दुवै ओली निकट मन्त्री थिए । पठानसिंह र झपट दुवै सरकारबाट हटेपछि सुदूरपश्चिम प्रदेश सरकारमा ओली समूहको उपस्थिति शून्य छ ।

उनीहरू दुवै जिम्मेवारीबाट हटेपछि अहिले प्रचण्ड-माधव नेपाल समूहका नेताहरु मन्त्री बन्ने लबिइङमा छन् । दुई मन्त्रालयका लागि झन्डै आधा दर्जन बढी सांसद आकांक्षी छन् ।

आकांक्षी धेरै हुँदा व्यवस्थापनमा समस्या भएको प्रदेश सभा सदस्यहरूको भनाइ छ । ‘सबैलाई मन्त्री बन्नु परेको छ, यता मन्त्री नबनाए उता (ओली समूहमा) जान्छु भन्छन्,’ प्रदेश सभाका एक जना सदस्यले भने, ‘त्यही समस्याले गर्दा मुख्यमन्त्रीले मन्त्री छान्न सक्नुभएको छैन ।’

अहिले दार्चुलाबाट निर्वाचित मानबहादुर धामी, नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल रावल, दीर्घ सोडारी, पूर्णा जोशी, वीरमान चौधरीलगायत मन्त्रीको आकांक्षी रहेको स्रोतले बतायो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु