Information is intelligence
HomeEconomyदाेश्राे त्रैमासकाेअन्तिम दिन पनि बढ्याे नेप्से

दाेश्राे त्रैमासकाेअन्तिम दिन पनि बढ्याे नेप्से

- Advertisement -spot_img

बुधबार नेप्से सूचक १८.८१ अंकले बढेर २२८६.५४ विन्दुमा आइपुगेको छ ।

२०७ कम्पनीको ५ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । होटेल र बैंकिङबाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ । १० कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा छ । यसको २६ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको हो । दोस्राे र तेस्रामो क्रमशः नेपाल पुनर्बिमा र अपर तामाकोशी परेका छन् ।

पछिल्ला दिनहरुमा सेयर बजारमा चमक आइरहेको छ । माघदेखि ब्याजदर थप घट्ने भएको छ । सोही अनुसार बैंकहरुको आधार दर घट्दै गएको देखिएको छ । बैंकहरुले ब्याजदर घटेको सूचना पनि धमाधम सार्वजनिक गरिसकेका छन् । यसबाट आगामी दिनमा बजार अझै सकारात्मक बन्ने अनुमान गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु