Information is intelligence
HomePoliticsप्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रवार हुने

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रवार हुने

- Advertisement -spot_img

काठमाण्डौ | प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू माथिको सुनुवाइ बुधवार हेर्दाहेर्दैमा राखेर अर्को पेशी शुक्रवारका  लागि तोकिएर सकिएको छ ।

बुधवारको सुनुवाइमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूलाई संवैधानिक इजलासमै सुनवाइ गर्ने कि वृहत् पूर्ण इजलासमा लैजाने भन्नेमा बहस भएको थियो ।

रिट निवेदक पक्षका वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले विगतको नजिर र गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने भन्दै प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूलाई वृहत् पूर्ण इजलासमा लैजानुपर्ने माग गरेका थिए ।

प्रतिवादी पक्षका तर्फबाट महान्यायाधीवक्ता अग्नि खरेलले भने संवैधानिक इजलासमै सुनुवाइ गर्नुपर्ने जिकिर पेश गरेका छन् ।

बुधवारको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु